काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शितल निवासदेखी आर्मी अफिसर क्लब लागि जाँदै थिइन्।
राट्रपति भण्डारीका लागि सवारी जाम गरेपछि जनताले विद्रोह गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। राट्रपतिको सवारीका लागि लगातार ४० मिनेटसम्म सडक जाम भयो।
जामबाट दिक्क बनेर एक यात्रुले भने, यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ।
ट्राफिकको जामबाट आजित बनेका सबै जनताले उनको भनाइलाई समर्थन गर्दै हो मा हो मिलाए। त्यसपछि ट्राफिक प्रहरीको आदेश उल्लंघन गरी सबैले सवारी अगाडि बढाए।
सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा सहभागी हुन राष्ट्रपति ‘सवारी’ हुने कार्यक्रम थियो जसका कारण सडकमा सवारी रोकिएको थियो।
भिडियोमा हेर्नुहोस् जनताले यसरी गरे जामको प्रतिकार
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
