नेकपाले गुमायो फेरि अर्का नेता, हृदयघातबाट पण्डितको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातबाट निधन भएको छ।

आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ।

Advertisement

७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन्।

पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए।
कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन्। पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन्।

सत्तारुढ नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ। पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डित गरी लगातार नेकपाले ४ नेता गुमाएको हो।

More News last news
Loading...