शनिदेवलाई प्रशन्न पार्न चाहनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्

एजेन्सी । शुक्रबार बेलुकाबाट शनि वृश्चिक राशीमा मार्गीय भएको छ जसका कारण केही राशीमाथि सकारात्मक त कुनैमा नकारात्मक प्रभाव पर्नेछन्। यदि कसैको राशीमा शनिको साढे साती चलिरहेको छ भने शनिदेवलाई प्रसन्न गर्नका लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन्। यी उपाय अपनाउँदा तपाईंको मनोकामना पूरा हुनसक्छ।

शनिबारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ। शनिबार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन्।

Advertisement

शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ। शनिबारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ।

शनिबारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन्।

आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिबार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस्।

More News last news
Loading...