बिराटनगर, प्रदेश १ । भोलि मंगलबार भर्खरै एकिकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशस्तरी वृहत्त कार्यक्रम हुने भएको छ। उक्त भेलालाई पार्टीका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले सम्बोधन गर्ने भएका छन्।
मंगलबार बिहान ११ बजे प्रदेश स्तरीय भेलामा सहभागी हुन अध्यक्षद्वय लोहनी र राणा विराटनगर आईपुगेको राप्रविसघं संयुक्तका वरिष्ठ उपाध्यक्ष रविन थापाले नयाँ पुस्तालाई जानकारी दिएका छन्।

उक्त कार्र्यक्रममा प्रदेश नम्बर १ का १४ वटा जिल्लाबाट हजार जनाभन्दा बढी नेता कार्यकर्ताहरु सहभागी हुने थापाले बताएका छन्।
डा लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र पशुपति राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच गत मंसिर १८ गते पार्टी एकता भई राप्रपा संयुक्त गठन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
