सेना दिवसको कार्यक्रममा प्यारासुट नखुलेपछि टेलिकमको भवनमाथिबाट भुइँमा बजारिए सैनिक

काठमाडौं । सेना दिवसको अवसरमा नेपाली सेनाले राजधानीको टुँडिखेलमा सैनिक कौशल देखाउने क्रममा एक सैनिक दुर्घटनामा परेका छन् ।

नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी सुन्धारास्थित नेपाल टेलिकमको भवनमाथिबाट भुइँमा बजारिएका हुन् । उन हेलिकप्टरबाट प्याराग्लाइडिङ कौशल देखाउने क्रममा दुर्घटनामा परेका हुन् ।

Advertisement

हेलिकप्टरमा गएका हवल्दार घण्डारीले टेलिकमको भवनमाथिबाट हाम्फालेका थिए ।

तर, उनले हाम्फालेसँगै खुल्नुपर्ने प्यारासुट नखुलेपछि उनी भुइँमा बजारिए । सेनाको हेलिकोप्टरबाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा उनको प्यारासुट नखुल्दा उनी सिधै तल झरेका थिए।

घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।

More News last news
Loading...