काठमाडौँ । आज महाशिवरात्रि । महाशिवरात्रिको दिन गरिएको पुजाले महादेव मात्र नभई अन्य देवि देवतालाई समेत खुसी पार्न सकिन्छ। साथै कुण्डलीमा रहेको ग्रह दशा पनि शान्त पार्न सकिन्छ।
त्यसैले धार्मिक विश्वास हुनेहरुले आ/आफ्नो राशि अनुसार भगवान शिवको पुजा आराधना गर्नुपर्ने हुन्छ। जसले ग्रह दशालाइ हटाउने छ । पुजा गर्दा सबै राशिका व्यक्तिले महामृत्युन्जयको मन्त्र जप्नुपर्ने हुन्छ।
त्यसैले थाहापाउनुस्, कुन राशिका व्यक्तिले कुन वस्तुद्धारा भगवान शिवको पुजा गर्नुपर्छ।
१. मेष:यो राशिका व्यक्तिले मंगल ग्रहको लागि मह चढाएर महादेव शिवको पुजा गर्नुस्।
२. वृष: यो राशिको ग्रह शुक्र हो। यो राशि हुनेहरुले गुलाब तथा अन्य फुल चढाएर भगवान शिवको पुजा गर्नुस् ।
३. मिथुन:यो राशि हुनेहरुले बुध ग्रहको लागि भिन्दा भिन्दा फलको रस चढाएर भगवान शिवको पुजा गर्नुस् ।
४. कर्कट: यो राशिका व्यक्तिले चन्द्रमाको पुुजा गर्नुपर्ने हुन्छ । यसका लागि गाईको दुध चढाएर भगवान शिवको पुजा गर्नुस्।
५. सिंह: यो राशि हुनेहरुले शिवरात्रीको दिन गाईको घ्युले शिवजीको पुजा गर्नुभयो भने तपाईको ग्रह दशा हट्नेछ।
६. कन्या:यसको राशि बुध हो । यस राशिका व्यक्तिले तीर्थ यात्राबाट ल्याएको जल भगवान शिवको शिरमा चढाउनाले ग्रह शान्त हुन्छ।
७. तुला:यो राशी हुनेहरुले भगवान शिवलाई दहि चढाउनुस्।
८. वृष्चिक: यो राशि हुनेहरुले गुलाब तथा फुलपातीले भगवान शिवको पुजा गर्नुस्।
९. धनु: यो राशि हुने व्यक्तिहरुले केशर चन्दनले भगवान शिवको पुजा गर्नुस् । यसले तपाइको ग्रह शान्त हुनेछ।
१०.मकर: मकर राशि भएका व्यक्तिलाई शनी दशाले सताउने गर्दछ। शुभ फल पाउनको लागि अष्टगन्धले शिव भगवानको पुजा गर्नुहोस्।
११. कुम्भ:यो राशि हुनेहरुले तिलको तेल चढाएर भगवान शिवको पुजा गर्नुहोस्।
१२. मीन: यो राशिका व्यक्तिले भने विभीन्न तीन ग्रहको पुजा गर्नुपर्ने हुन्छ । पुजा गरिसकेपछि भिन्दाभिन्दै औषधिले शिवजीको पुजा गर्नुस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
