नेपाली सेनाले अमेरिकासँग यस्ता लडाकु विमान खरिद गर्ने !

काठमाडौं । अहिलेको समयमा देशको रक्षाको लागी परम्परागत भन्दा आधुनिक हात हतियारको आवश्यक्ता महशुस हुन थालेको छ । नेपालसँग सीमा जोडिएका भारत र चीन आफैंमा आधुनिक हातहतियार भएका देश हुन् । नेपालको आर्थिक विकाससँगैं यी देशहरुसँग सम्बन्धमा दरार आएका तत्काल नेपाली सेनासँग प्रतिकार गर्न सक्ने हतियार नभएको जानकारहरु बताउँछन् ।

यो बिचमा अमेरिकाले नेपाललाई दुईवटा नयाँ ‘एम २८’ स्काई ट्रक (लडाकु विमान) उपलब्ध गराउने भएको छ । अमेरिकी रक्षा विभागले जनाएअनुसार नेपाललाई उक्त स्काई ट्रक उपलब्ध गराउन ‘विगेष्ट पोलिस एयरक्राफ्टस’सँग सम्झौता भएको छ । १८.९ मिलियन अमेरिकी डलर (लगभग २ अर्ब १५ करोड) को उक्त सम्झौताबारे पेण्टागनले गत शुक्रबार खुलासा गरेको छ ।

Advertisement

केही समयअघि नै भएको सम्झौताअनुसार अमेरिकाले दुईवटा विमान तत्काल उपलब्ध गराउन लागेको जनाइएको छ । बताइएअनुसार आगामी डिसेम्बर २० सम्ममा उक्त लडाकु विमान नेपाल आइपुग्नेछ । नेपाली सेनाको प्रयोजनको निम्ति चारवटा विमान झिकाइने भनिए पनि तत्काल दुईवटा उपलब्ध गराइन लागिएको विशेष स्रोतले जानकारी दिएको छ ।

यसबारे नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेको छैन । डबल इञ्जिन भएको तथा पूरै धातुनिर्मित एम-२८ विमान ‘डबल भर्टिकल टेल’ र ‘रेअर क्लामसेल डोर’युक्त ‘कन्टिलिभर मोनोप्लेन’ हो । मिसन क्षमता, भारवहन शक्ति, सुरक्षा, स्वरुपलगायतमा अब्बल विशेषता भएको यो विमान गर्मी वा चिसो, वर्षात, जङ्गल, पहाड/मैदान जस्तोसुकै परिवेशको निम्ति उपयुक्त मानिन्छ ।

More News last news
Loading...