भरतमोहन अधिकारीको शोकमा नेकपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले नेता अधिकारीको निधनमा शोकमा गर्दै आइतबार देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

Advertisement

नेता अधिकारीको उपचारको क्रममा शनिबार राति निधन भएको थियो । देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि सचिवालयले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।

सचिवालय बैठकले फागुन २३ गते पार्टी कार्यालय धुम्बाराहीमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र नेता भरतमोहन अधिकारीको संयुक्त रुपमा केन्द्रीय श्रद्धाञ्जलि कार्याक्रम गर्ने गरेको छ।

More News last news
Loading...