काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ बर्षीय अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।
अधिकारीको उपचारमा संलग्न डाक्टर हेमराज पनेरुले यसअघि अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य निरन्तर खस्किँदो रहेको र महत्वपूर्ण अंगले काम गर्न छोडेको बताएका थिए ।
अधिकारीले २४ घण्टादेखि पिसाब नगरेको बताउँदै बचाउन सक्ने सम्भावना न्यून रहेको डा पनेरुको भनाई थियो। अधिकारीको फोक्सो र मुटुमा समस्या थियो। उनी निमोनियाबाट पनि ग्रसित थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
