काठमाडौं । नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ।
अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ ।
‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’
अस्पतालले अधिकारीको उपचार जारी राखिएको पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाएको छ। फोक्साे र मुटुमा समस्या भएपछि अधिकारी सो अस्पतालमा तीन सातादेखि उपचाररत छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
