यी ३ उपाय अपनाउनुहोस्, मिल्नेछ स्वस्थ र सुखी जीवन !

प्रकृतिले हरेक प्राणीको आयुमा भिन्नता राखेको छ । यदि हामी आफ्नो जीवनको अनुशासनमा जिउने हो भने हामी हाम्रो पूरा आयु स्वस्थ भएर जीउन सक्छौँ । शास्त्र अनुसार केही यस्ता उपाय छन् जसलाई अपनाएर हामी सुखी र स्वस्थ जीवन पाउनसक्छौँ । यस्ता छन् ती उपायः

१. खाना खानुअघि हात खुट्टा धुनुहोस्:
सधैँ देवी देवतालाई धन्यवाद दिएपछि मात्र भोजन गर्नुहोस् । कहिले पनि पस्किएको खानाको अपमान नगर्नुहोस् । भिजेको खुट्टाको साथ खाना खानुलाई शुभ मानिन्छ । खाना खानुअघि पहिला दुवै हात, खुट्टा र मुखलाई राम्रोसँग धुनुपर्छ । यसो गर्नाले आयुमा वृद्धि हुने मान्यता छ । कहिले पनि ओछ्यानका खाना नखानुहोस् । खानाको थाललाई हातमा राखेर नखानुहोस् । साथै चर्केको, फूटेको भाँडोमा खाना नखानुहोस् ।

Advertisement

२. खाना बनाउँदा सधैँ प्रसन्न भएर बनाउनुहोस्ः
खाना बनाउनेले पवित्र भएर खाना बनाउनु पर्छ । खाना बनाइरहेको बेलामा कसैको निन्दा नगर्नुहोस्। खाना खाँदा हाम्रो मनमा कसैप्रति ईर्ष्या, लोभ र रिसको भावना हुनुहुँदैन ।

३.दिनमा नसुत्नुहोस्ः
सूर्योदयको समय र दिउँसो नसुत्नुहोस् । यसो गर्नाले आयु घट्ने मान्यता रहेको छ । घरमा यदि कोही अस्वस्थ छ भने उसको कोठामा ताजा फूल राख्नुहोस् । र ती फूललाई राती हटाइदिनुहोस् ।

More News last news
Loading...