मन्त्री अधिकारीको परिवार पोखरा फर्कियो

पोखरा । छोराको मृत्युको खबर सुनेर अर्धचेत अवस्थामा काठमाडौँ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रवीन्द्र अधिकारीका बुबाआामा पोखरा फर्किएका छन्।

अधिकारीसहित अन्य सात जनाको शव टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि राखिए लगत्तै बाबु इन्द्र प्रसाद अधिकारी, आमा लक्ष्मी देवी अधिकारी र उनका आफन्त बुद्द एयरको उडानबाट पोखरा फर्किएका हुन्।

Advertisement

उनीहरु बिहिबार दिउँसो ३:२० बजे पोखरा विमानस्थल आइपुगेको विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिएका छन्।

More News last news
Loading...