ताप्लेजुङबाट शव बोकेर काठमाडौँ उड्यो सेनाको हेलिकप्टर

सुकेटार । नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ उडेको छ ।

दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको हो।

Advertisement

ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो।

उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागंज लगिने बताइएको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।

More News last news
Loading...