आज देशभर सार्वजनिक बिदा, रबिन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने

काठमाडौं । सरकारले आज (बिहिबार) राष्ट्रिय शोकको घोषणा गर्दै सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री रबिन्द्र अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोकको घोषणा गरेको हो। सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ।

Advertisement

आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ। यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।

जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम, नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकासप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने रहेका छन्।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको थियो।

More News last news
Loading...