बिहिबार देशभर सार्वजनिक बिदा, रबिन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने

काठमाडौं । सरकारले भोली (बिहिबार) राष्ट्रिय शोकको घोषणा गर्दै सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री रबिन्द्र अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको हो । सरकारले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

Advertisement

भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम, नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकासप्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने रहेका छन् ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको थियो ।

यस सम्बन्धी हाम्रा थप खबरहरु :

More News last news
Loading...