नयाँपुस्ता व्युरो/काठमाडौं । २०२६ साल बैशाख २२ गते कास्कीको भरतपोखरी वडा नं ९ मा पिता इन्द्रप्रसाद अधिकारी र माता लक्ष्मीदेवी अधिकारीको कोखमा जन्म लिएका रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता तथा केन्द्रीय सदस्य समेत हुन् ।
संविधानसभा–२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत भईसकेका अधिकारी संविधानको सभा–१ को निर्वाचनमा कास्की क्षेत्र न ३ बाट भारि वहुमतका साथ सभासद बन्ने मौका पाएका थिए । बिद्याथीले पाउने यातायातको छुट समेत उनैले गराएका हुन ।
२०४० सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय रहेका अधिकारीले १ बर्ष बन्दी जीवन बिताएका छन् । पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति, त्रि.वि.वि. र्कीर्तिपुरको स्ववियू सभापति, संविधान सभा सदस्य हुँदैं बिकास समितिको सभापति समेत रहिसकेका अधिकारी हाल प्रतिनिधि सभा सदस्य एवं नेपाल सरकारको संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रहेका थिए ।
व्यबस्थापन संकायमा स्नाकोत्तर गरेका अधिकारीका श्रीमती (विद्या भट्टराई) र दुई छोरा (बिराज अधिकारी र स्वराज अधिकारी) छन् । राजनीतिमा स्पष्ट बक्ता र लोकप्रिय नेताको रुपमा पहिचान बनाईसकेका अधिकारी पछिल्लो समय वाईडवडी प्रकरणमा नाम मुछिएपछि उनको राजनीतिक करिअरमा केहि धक्का लागेको कतिपयको अनुमान छ ।
यद्यपी, उनलाई पर्यटनमन्त्रीबाट राजीनामा दिनुपर्ने कुरा उठेतापनि वाईडवडीमा आफ्नो संलग्नता नरहेको र वाइडबडी खरिदमा गल्ती भेटिए राजनीतिबाटै सन्यास लिने बताउँदै आएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
