काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकोप्टरमा सवार सबै जनाको मृत्यु भएको पुष्टी गरेको हो।
पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए ।
मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाडौँबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
