यस्तो छ पर्यटनमन्त्रीसहित ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनास्थल

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकोप्टरमा सवार सबै जनाको मृत्यु भएको पुष्टी गरेको हो।

Advertisement

पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो।

दुर्घटनाको समाचार आइरहँदा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएछ।

आकस्मिक बैठकबारे ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयले पनि पुष्टि गरेको छ। मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाडौँबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको छ।

More News last news
Loading...