काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ। लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो।
हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो। सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो। ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।
गोली लागेर दुई जना घाइते भएका थिए। घाइतेहरु स्वास्थ्य लाभ गरेर घर फर्किइसकेका छन्। प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच एलिजावेथ टाउनका बासिन्दाहरु भेला भएर मृतकहरुप्रति श्रद्धाञ्जली दिएका छन्। सुभाषको सम्झनामा उनले सञ्चालन गर्दै आएको टी–मार्ट अगाडि पुष्पगुच्छा चढाइएको थियो भने दीप प्रज्ज्वलन पनि गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
