ललितपुर । ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
बिष्फोटमा घाइते सिंहप्रताप श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो।
शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए। प्रतिक्षा र अनुषाको उपचार जारी छ। उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
