एनसेल मुख्यालयमा बम विष्फोट, कमलपोखरीमा अर्को बम भेटियो

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोट भएको छ। घटनामा ३ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचाररत दुई जनाको परिचय खुलेको छैन।

Advertisement

त्यस्तै काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ।

पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ। बम डिस्पोज गर्ने प्रयास भइरहेको छ।

More News last news
Loading...