काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि विवाद उत्कर्षमा पुगेको छ।
दुई नेताहरुबीचको विवाद ह्वात्तै बढेको छ। जसको कारण बुधबार बोलाइएको केन्द्रीय कार्य समितिको बैठक पनि स्थगित भएको छ। स्रोतका अनुसार केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भएपनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगित गरिएको हो।
हालै सम्पन्न भएको महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन भएको भनिएपनि विधानमा देउवा र पौडेलबीच विवाद रहेको छ।
महासमिति बैठकको भावनाअनुसार सभापति देउवा नचलेको आरोप नेता पौडेलले लगाउँदै आएका छन्। केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
