काठमाडौं । चर्चित लोक गायक पशुपति शर्माले आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भावनामा ठेस पुग्नेगरि गीत नलेखेको स्पष्ट पारेका छन्।
यद्धपी उनले राष्ट्रपति भण्डारीलाई किन चाहियो ? डेढ अर्वको हेलिकप्टर भनेर जनताले आलोचना गरेकोले आफूले गीतमा कुरा उठाएको बताए।
पछिल्लो समय विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाएपनि उनले जनता जान्न चाहन्छन् कार्यक्रममा यस्तो बताएका हुन्। शर्माले आफूले आग्रह पूर्वाग्रह भएर गीत नगाएको स्पष्ट पारेका छन्।
हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
