काठमाडौं । अन्ततः गायक पशुपति शर्माको भाईरल बनेको गीतको बिषयले संसद बैठकमा समेत चर्चा पाएको छ ।
संसद वैठकमा गीतले प्रवेश मात्र पाएन् सत्तापक्ष र विपक्षीबीच जुहारी नै चल्यो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् ।
शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।
अमरेसले यसो भनिरहँदा सत्तापक्षका सांसद झपट रावलले त्यसप्रति कटाक्ष गरेका छन् । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे ।
विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्टी जनाउँदै उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
