भाषण सकिएलगत्तै अचेत भएका फाल्गुनन्द गाउँपालिकाका अध्यक्षको निधन

काठमाडौँ । पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शनिबार निधन भएको छ।

गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष नेम्बाङले भाषण गरेका थिए । भाषण सकिएलगत्तै उनी ढलेका थिए।

Advertisement

जनप्रतिनिधिका लागि क्षमता अभिवृद्धि तालिममा प्रमुख अतिथिका रूपमा सहभागी नेम्बाङले मन्तव्य राखेका थिए। तर, मन्तव्य सकिनेवित्तिकै आफ्नो सिटमा बस्न नपाउँदै उनी अचेत भइ ढलेका थिए।

अचेत अवस्थामा पुगेका नेम्बाङको होस नआइ ज्यान गएको हो । मञ्चमै बेहोस भई ढलेका गाउँपालिका अध्यक्षलाई स्थानीयले उपचार गर्न खोजे पनि उनको मृत्यु भएको थियो।

उनी मधुमेह र रक्तचापका बिरामी रहेको बुझिएको छ। नेम्बाङ कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

More News last news
Loading...