मलेसिया । मलेसियाको ग्यन्तिङ हाइल्यन्ड भन्ने ठाउँमा घुम्न जाँदा नेपाली कलाकार चढेको गाडी दुर्घटना भएको छ। काभ्रे सेवा समाजको कार्यक्रममा मलेसिया पुगेका उक्त कलाकार चडेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
काभ्रे सेवा समाज मलेसियाका सदस्यहरुको साथमा नेपालबाट आएका कलाकारहरु प्रयास दोङ, सुस्मा मोक्तान, सुजना रुम्बा पनि दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।
उनीहरुलाई सामान्य चोटमात्र लागेको छ भने क्षेत्रीय कमिटी पेनाङ मलेसियाका अध्यक्ष माया बाइबाको हात भाचिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
