एनसेलबाटै लाभकर असुल्न सर्वोच्चको परमादेश जारी

काठमाण्डौ । सर्वोच्च अदालतले एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न परमादेश जारी गरेको छ।

प्रधानन्यायाधीश चालेन्द्र शम्सेर राणासहित ५ जना न्याधीशको पूर्ण इजलासले एनसेल बिक्री गर्दा लाग्ने लाभकर एनसेल र एक्जियाटाले नै तिर्नुपर्ने जनाएको हो।

Advertisement

बहसमा एनसेलका तर्फबाट बहस गरेका वकिलले टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने बताएका थिए।

तर सर्वोच्चको पूर्ण इजलासले भने लाभकरको विषयमा एनसेल नै जिम्मेवार भएको भन्दै एनसेलले नै तिर्नुपर्ने परमादेश जारी गरेको हो।

More News last news
Loading...