अब भारतीय नागरिकले नेपालमा श्रम गर्न अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाडौं । सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

Advertisement

विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ।’

साथै प्रतिष्ठानको नाम, कार्यरत गैरनेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण पनि मासिक रुपमा विभागमा पठाउन श्रम कार्यालयहरुलाई निर्देशन दिइएको छ।

नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु बिना श्रम स्वीकृति कार्यरत छन्। खुला सीमानाकाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयहरुका लागि नेपाल सहज श्रम गन्तब्य बनेको छ।

नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना, कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिक कार्यरत छन्।

More News last news
Loading...