नुवाकोटमा यूएनडीपीको गाडी दुर्घटना, चालकको मृत्य, ५ घाइते

नुवाकोट । नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाउंपालिका–४ थप्रेकस्थित आरुखर्क सनलघारीमा यूनडीपीका कर्मचारीहरु सवार बा ३ च ५७११ नम्बरको टाटा सुमो गाडी बेलुकी ६ बजे कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

Advertisement

दुर्घटनामा चालक सर्लाहीका २४ वर्षिय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णवहादुर पल्लिमगरले जानकारी दिए ।

दुर्घटनाअघि उक्त गाडी घ्याङफेदी पुगेर सातविसे हुँदै आरुखर्क जाँदै गरेको उनले बताए । दुर्घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

घाइतेहरुको नाम मंगलबार अबेरसम्म खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौ पठाइएको खरानीटार इलाका प्रहरी चौकीका इन्जार्च प्रहरी निरीक्षक नरेशकुमार महतोले जानकारी दिए ।

घाइते पाँचजनाको स्थानीयवासी, प्रहरीले उद्धार गरी उपचारको लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ ।

थप्रेकमा युएनडीपीको सहयोगमा निर्माण भई रहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारीहरु बट्टारबाट गाडी भाडामा लिएर गएका थिए । उकालो र सांघुरो कच्ची सडकबाट उक्त गाडी एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...