वनमन्त्री शक्ति बस्नेतकी भतिजी ललितपुरको अपार्टमेन्टमा मृत फेला

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत अपार्टमेन्टको कोठामा मृत अवस्थामा भेटिएकी छन्।

बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बबिता मृत अवस्थामा भेटिएकी हुन्।

Advertisement

ललितपुरका प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार सलको पासो लगाएको अवस्थामा उनको शव भेटिएको हो। घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ।

आइतबार बिहान १० बजेसम्म पनि सुतेको कोठाको ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। ढोका फोरेर हेर्दा प्रहरीले पासो लगाएको अवस्थामा उनको शव फेला पारेको हो।

बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन्। घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

More News last news
Loading...