काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज डेढ घण्टा भेटवार्ता भएको छ।
स्रोतका अनुसार सरकारको प्रस्तुति खासै राम्रो नभएपछि जनस्तरबाटै आलोचना भएको भन्दै प्रचण्ड ओलीसँग रुष्ट छन्। त्यही भएर प्रचण्ड आज ओलीलाई भेट्न बालुवाटर पुगेका थिए । सरकार सञ्चालनबारे पार्टीमा कुनै सरसल्लाह नभएकोमा प्रचण्ड ओलीसँग रुष्ट थिए ।
अब पनि यसरी नै अघि बढ्ने हो भने सह्य नहुने ओलीलाई प्रचण्डको चेतावनी थियो । सरकार सञ्चालन गर्ने हरेक विषयमा पार्टीभित्र सरसल्लाह हुनुपर्ने प्रचण्डको भनाई थियो।
प्रचण्ड कडा रुपमा प्रस्तुति भएपछि ओलीले भोलि सचिवालय बैठक डाकेका छन् । पार्टीको सांगठानिक एकता टुँगो लगाउन गठित कार्यदलले काम गर्न नसकेको भन्दै प्रचण्डले अब कार्यदललाई हस्तक्षेप गरेर भएपनि अघि बढ्न ओलीलाई आग्रह गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
