भेनेजुएलाबारे प्रचण्डको विज्ञप्तिप्रति कांग्रेसको आपत्ती, राष्ट्रिय स्वार्थ विपरित रहेको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकाविरुद्ध सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ती जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष दाहालले राष्ट्रिय स्वार्थ र जनताको हितमा अनुदान सहायता उपलब्ध गराउँदै आएको पुरानो मित्रराष्ट्र अमेरिकाको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिनु गलत भएको निष्कर्ष निकालेको हो ।

Advertisement

काँग्रेसद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘‘यस परिप्रेक्षमा नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ । यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदाशिन कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक आपत्ति प्रकट गर्दछ ।’’

अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अमेरिकाको विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए । यसैगरी बैठकले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकारलाई दबाब दिन सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसले सरकारले आफ्नो गल्ती सच्याउँदै गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्र सरकारकै मातहत ल्याउने निर्णय गर्न बाध्य भएको पनि स्पष्ट पारेको छ ।

More News last news
Loading...