जाडोमा हातखुट्टा सुन्निने समस्या छ ? यसो गर्नुस्

जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।

चिलब्लेन्सले रगतका मसिना नसामा खराबी ल्याउँछ। जति चिसोमा खेल्यो त्यति नै यो समस्या बल्झिनेगर्छ। हातखुट्टाका औंलाको टुप्पा, नाकको टुप्पो, कपडाले नछोप्ने भाग आदिमा यस्तो समस्या देखापर्छ। धेरै चिसोले गर्दा शरीरको रगत सञ्चालनमा बाधा पुग्न सक्छ।

Advertisement

विशेषगरी, पुरुषलाई भन्दा महिलालाई यो रोगले सताएको पाइन्छ। त्यसैगरी पुरुषहरुमा पनि मोटाघाटा भन्दा दुब्ला–पातलालाई यसले चाँडो सताउँछ।

महिलामा पनि खासगरी दुब्ला–पातला नै चिलब्लेन्सको जोखिममा पर्छन्। अर्को कारण भनेको, घरधन्दामा बढी समय दिने महिलालाई, चिसो पानीमा काम गर्ने महिलालाई यस्तो समस्या देखिने गर्छ। चिसो पानीमा काम गर्ने तर आफ्नो स्याहार नगर्ने महिलालाई यो रोगले सताउने गरेको पाइन्छ। सबैलाई चिसोको समान महसुस भए पनि केही मान्छेलाई मात्र यो रोगले चिसो मौसममा सताउँछ। जसले गर्दा चिसो मौसममा हुने थाहा भए पनि यो रोग के कारणले गर्दा लाग्छ भन्ने पत्ता लागेको छैन।

More News last news
Loading...