दक्षिण कोरिया । नुवाकोट समाज दक्षिण कोरियाको आयोजना र ३ नं. प्रदेश एकता समाजको समन्वयमा फेबु्अरी ५ मा हुन गईरहेको “जिएमई नुवाकोट सांगीतिक सौगात”मा नेपाल आईडल टोलीसंगै चर्चित कलाकारहरू आउँने भएका छन्।
उक्त कार्यक्रममा ‘इन्टरनेशनल फ्रेन्चाईच सो नेपाल आईडल’ सिजन २ का बिजेता रवि ओड, फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारीसंगै सिजन २ टप ६ का प्रतिस्पार्धी गायक पवन गिरी, कमेडियन तथा लोक दोहोरी गायक पुरूषोत्तम भण्डारी ‘फुर्के बा’, मोडल उरुसा जोशी साथमा चर्चित डान्सर रश्मी तामाङको भव्य प्रस्तुति रहने आयोजकले जानकारी गराएको हो।
कार्यक्रम हुने मिती : फेभब्ररी ५ , २०१९
समय : दिनको ठीक, १२ बजे
कार्यक्रम स्थल : फेबजु नेनगि नामग्वान , लाईन न ३ , जोङरो – ५ गा
निशुल्क बस : दोनग्देमुन ३. न गेट बाट नि:शुल्क बसको ब्यवस्था
आयोजक : नुवाकोट समाज, दक्षिण कोरिया

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
