अध्यक्ष लोहनीले तानाशाही ढंगले पार्टी बुझाएको भन्दै महासचिव श्रेष्ठ सहितका नेताद्वारा एकिकरण बहिस्कार

काठमाडौँ । अचानक राप्रपा ( प्रजातान्त्रिक ) र एकिकृत राप्रपा ( राष्ट्रवादी ) बिच भएको पाटी एकतामा एराप्रपा(राष्ट्रवादी)का अधिकाशं नेता सहभागी भएनन ।

पार्टीमा कुनै पनि छलफल नै नगरी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तानाशाही ढंगले पार्टी बुझाएको भन्दै सो एकता भनिएको कार्यक्रम सहभागी नभएको महामन्त्री केशव राज श्रेष्ठले बताए।

Advertisement

पार्टी कमिटि तथा कार्यक्रमको स्पष्ट धारणा नआएको र राजसंस्थाको बारेमा स्पष्ट नभएकोले एकता कार्यक्रमलाई बहिष्कार गरेको महान्त्री श्रेष्ठले बताए ।

पार्टी एकता कार्यक्रममा सहभागी नहुने नेताहरुमा उपाध्यक्ष प्रा.डा सुस्मा आचार्य, महामन्त्रीद्वय केशवराज श्रेष्ठ, कार्य सम्पादन सदस्य एवं पूर्व सांसद् पैया चौधरी, केन्द्रिय सदस्यहरु अञ्जु थपलिया, कैशल्या थापा, राजेन्द्र विक्रम शाह, ऋषि बुढाथोकी, राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रविना थापा लगाएतका कार्यकर्ताहरु रहेका छन् ।

यस्तै गरि राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहोराले पार्टी एकतालाई वहिष्कार गर्दै प्रेस विज्ञप्ति नै निकालेका छन् । उनले प्रेस विज्ञप्तीमा तीनवटा राप्रपाबीचमा एकताको कुरा चलिरहदा अचानक दुईटा हलो एउटै थलोमा कसरी एकता भए भन्ने जिज्ञासा समेत राखेका छन् ।

More News last news
Loading...