आज लोहनी र राणाका दुई राप्रपाबीच एकता, ‘राजा र हिन्दूराष्ट्र’ मा सहमति

काठमाडौं  । आज शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकताको घोषणा हुँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएसँगै एकताको टुंगो लागेको हो।

Advertisement

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङका अनुसार राजधानीको राष्ट्रिय सभागृहमा आज एकताको घोषणा हुने कार्यक्रम छ । पार्टी एकता घोषणाका लागि शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको हो।

राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मूल मुद्दामा सहमत भएपछि दुई दल एक हुन लागेका हुन् । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र चुनाव चिह्न ‘हलो’ राख्ने सहमति छ।

एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ।

संविधान निर्माणताका गणतन्त्रको पक्षमा उभिनु भएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणा लोहनीसँगको एकताका लागि राजतन्त्रकै पक्षमा फर्किएका हुन्।

लोहनी २०७३ फागुनमा कमल थापा नेतृत्वको राप्रपाबाट बाहिरिएका थिए । राणाले भने २०७४ को साउनमा थापा नेतृत्वकै राप्रपा विभाजन गरी राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए ।

More News last news
Loading...