दाङ । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दाङमा एक किशोरलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २ रामपुरका १८ वर्षीय मुकेश विकलाई प्रहरीले पक्राउ गरेको हो।
घोराही उपमहानगरपालिका वडा नं ४ की ५ वर्षीया बालिकालाई गएको शनिबार घर नजिकैको खोलामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ परेका विकलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१८ को दफा २१९ बमोजिम (करणी सम्बन्धी) कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको र बालिका सामान्य उपचार पछि अहिले सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
