काठमाडौं । अनशनरत डा.गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले (भोलि) शुक्रबार एक दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ।
बिहिबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो।
संघले डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनशीलतालाई आत्मसाथ गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, देशभर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले पूर्णरूपमा कार्यान्वयन गर्न/गराउन संघले अनुरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
