काठमाडौं । सरकारले कांग्रेसका दुई नेताहरुको नाममा रहेका अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेको छ ।
प्रमुख प्रतिक्षपी दल नेपाली काँग्रेसले सदन र सडक तताउन थालेपछि अन्ततः सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेसका दिवंगत नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगंजलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।
यसअघि सरकारले यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
