५७ जिल्लामा प्रेस युनियनको अधिवेशन सकियो, केन्द्रिय महाधिवेशन तोक्न दवाव

काठमाडौं । लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको जिल्ला तथा प्रतिस्ठान शाखाहरुको अधिवेशन अन्तिम चरणमा पुगेको छ ।

नवौं केन्द्रीय महाधिवेशन जुटेको युनियनले ५७ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । ८५ शाखामध्ये ५७ शाखाको अधिवेशन सकिएसँगै महाधिवेशनको आन्तरिक तयारी पनि सुरु भएको छ ।

Advertisement

गत साउन १० गते बसेको केन्द्रीय कार्य समितको पूर्ण बैठकले मंसिर २७ र २८ गतेलाई महाधिवेशनको मिति तय गरेपनि सोही समयमा नेपाली कांग्रेसको महासमिति बैठक परेको र शाखा अधिवेशन पनि सम्पन्न नभइसकेकाले तोकिएको मितिमा महाधिवेशन गर्न नसकिएको युनियन अध्यक्ष बद्री सिग्देलले बताउँदै आएका छन् ।

युनियन महासचिब अजयबाबु शिवाकोटीका अनुसार हालसम्म जिल्ला र प्रतिष्ठान गरी कुल ८५ शाखा मध्ये ५७ शाखाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

महासचिब शिवाकोटीका अनुसार प्रदेश नं १ को शंखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ, प्रदेश नं २ को महोत्तरी, प्रदेश नं ३ को सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, काठमाडौं र रसुवा, प्रदेश नं ४ को तनहुँ र मनाङ, कांस्की, प्रदेश नं ५ मा बाँके, प्रदेश नं ६ हुम्ला तथा प्रदेश नं ७ मा अछाम र कञ्चनपुरको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

बारा र दैलेखमा उद्घाटनमात्र भएको र नेतृत्व चाँडै नै चयन हुनेछ साथै मुस्ताङ, डोल्पालगायतका जिल्लामा शाखा गठन छैन् । उपत्यका भित्रका गोरखापत्र, रेडियो नेपाल, ईमेज च्यानल, मेट्रो, हिमालय टाईम्सको अधिवेशन हुन बाँकी छ । कैलालीको लम्की र काठमाडौँको साँखुको दुईवटा उपशाखा साथै रासस प्रतिष्ठानको अधिवेशन भइसकेको छ ।

माघ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने र चाँडै सचिवालय वा कार्यसमिति बैठक बसेर फागुन १५ सम्ममा सातै प्रदेशको र २०७५ सालभित्रै विधिसम्बत महाधिवेशन सम्पन गर्ने तयारीमा रहेको अध्यक्ष सिग्देल बताउँदै आएका छन् । उनले जिल्लाहरुको अधिवेशन उदघाटनका सिलसिलामा चाँडो अधिवेशन नहुँनुमा केन्द्र मात्र नभइ जिल्ला शाखाहरु पनि जिम्मेवार रहेको बताउँदै आएका छन् ।

२५ बर्षे इतिहासमा विदेशमा पनि शाखा

नेपाल प्रेस युनियन स्थापनको २५ बर्ष पार गरेको उत्साहमा विदेशमा रहेका लोकतान्त्रिक पत्रकारहरु एकताबद्ध रुपमा सक्रिय हुन थालेका छन् । विधानमा विदेश शाखा गठनको प्रावधान राखिएसँगै विदेशमा रहेका नेपाली पत्रकारहरु पनि शाखा गठनमा जुटेका हुन् ।

यसै सिलसिलमा केही महिना अघि युएइमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गरी अधिवेशन सम्पन्न भइसकेको छ भने बेलायत शाखाको अधिवेशनको तयारी भइरहेको छ । अन्य शाखा पनि विस्तार हुने संभावना बढेको युनियन सचिबालयले जनाएको छ ।

नयाँ मोडालिटीको अभ्यास

प्रेस युनियन संविधानको मर्म र भावनाअनुसार पहिलोपटक संघीय संरचना अनुसार केन्द्र र प्रदेश अधिवेशन गर्ने तयारी पनि गरिरहेको छ । संघीय चुनावको मोडालिटी अनुसार विधानमार्फत नै समावेशी तथा महिलाहरुको सहभागिता नेतृत्व तहमा बढाउन, ३३ प्रतिशत अनिवार्य बनाउन उपाध्यक्ष बाला अधिकार, महासचिब अजयबाबु शिवाकोटीले जिल्ला शाखाहरुको अधिवेशन उदघाटनकै बेला बताउँदै आएको जनाएका छन् ।

केन्द्रिय समितिबाट पारित भइसकेको विधानमा टुंगिन बाँकी रहेका र अत्यावश्य शंसोधन गर्न बाँकी विषयहरुमा छलफल गरी महाधिवेशनबाट पारित गराउनुपर्ने आवश्यक्ता रहेको आवाज पनि शाखा अधिवेशनहरुमा उठेको छ ।

चैत्रभित्रै महाधिवेशन सम्पन्न गराउन पार्टीका शीर्ष नेताहरुले नेतृत्वलाई दबाब दिइरहेकाले चुनाव नहुने, टिकेप्रथाबाट नेतृत्व चयन हुने भनी केही सदस्यहरुले उठाएको प्रश्नमा कुनै सत्यता नभएको पनि नेतृत्वले स्पष्ट पारेको छ ।

शाखाबाट पनि महाधिवेशनको मिति र स्थान तोक्न दबाब बढिरहेको केन्द्रीय समितिका एक सदस्यले बताए ।

महाधिवेशनको स्थानका सवालमा भने खर्च व्यवस्थापन र लजिस्टिकका हिसाबले यसपटक काठमाडौंलाई उपयुक्त भएको जिल्लाहरुमा सुझाव आएको बताइएको छ ।

More News last news
Loading...