काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ।
बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसद्मा नआएसम्म बैठक चल्न नसक्ने बताउनुभएको थियो।
सांसद सिंहले प्रा डा गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिनुभएको थियो। सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कारवाही अघि बढाउन लाग्दा काङ्गे्रस सांसदले रोष्ट्रम घेराउ गरेका थिए । यसपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
