प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतले जनाएको छ। उनलाई ज्वरो, रुघाखोकी र चिसोको समस्या देखिएको छ। डाक्टर युवराज शर्मालगायतको टोलीले उनको उपचार गरिरहेको छ।

Advertisement

लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित दाहाललाई ज्वरो, रुघाखोकी र चिसोले सताएको परिवारले बताएका छन्।

More News last news
Loading...