काँग्रेस स्याङ्जाको कार्यबहाक सभापतिमा राना

स्याङ्जा । नेपाली काँग्रेस स्याङजाको कार्यबहाक सभापतिको जिम्मेवारी कुमार रानालाई दिईएको छ ।

बिहिबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले कार्यबहाक सभापतिको जिम्मेवारी रानालाई दिने निर्णय गरेको काँग्रेस स्याङ्जाका प्रवक्ता इन्द्र गोदारले जानकारी दिए ।

Advertisement

नेपाली काँग्रेसको विधान–२०७५ को धारा ४९ को उपधारा १० बमोजिम रानालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिईएको हो । राना वर्तमान कार्यसमितिको सचिव समेत हुन् ।

नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको निधनपश्चात सभापतिको पद रिक्त रहेको थियो ।

More News last news
Loading...