३ तलाको अनुमति लिएर बनेको १० तले भवनमा होटल, उद्घाटन गर्ने उपराष्ट्रपति

पोखरा । पोखरा महानगरपालिका–१०बुद्धचोकमा मापदण्ड विपरीत भवन बनेको छ । जसमा होटेल टास्क इन्टरनेसनल खुलेको छ ।

साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि घरधनी मीन गुरुङले १० तले घर बनाएको भन्दै महानगरले होटलको विरोध जनाएको छ । तर सो होटलेको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् ।

Advertisement

निमन्त्रणा पाएका मेयर मानबहादुर जिसीभने मापदण्ड विपरीत बनेको संरचनामा सञ्चालित होटेल भन्दै सहभागी भएनन् । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ भने सहभागी थिए ।

More News last news
Loading...