पर्वत । पर्वतको कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। मृतक तथा घाइतेहरुको सनाखत हुन सकिरहेको छैन।
अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाइतेहरूको उद्दार गरी जिल्ला अस्पताल पर्वत र धौलागिरि अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
