अन्तत : संसद् भवन छिर्ने भए रेशम चौधरी, केही बेरमा सपथग्रहण हुने 

काठमाडौं । कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्ने भएका छन्। चौधरीले बिहीवार बिहान ११ः३० बजे सांसदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार रेशमले सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गर्नेछन् । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

Advertisement

निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । कैलाली जिल्ला अदालत चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

More News last news
Loading...