बुटवल । प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ।
प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेको छ।
यसलाई ध्यानमा राखि प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघीकै अवसरमा पुस ३० गते शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम राखिने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
