काठमाडौं । ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवससाथ सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मंगलबार बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो।
प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि वृद्धहरुको समेत बाक्लो उपस्थिति थियो। कार्यक्रममा कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो।
प्रभातफेरीमा सहभागीहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो।

‘टोपी दिवसका अवसरमा हामीले अहिलेसम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरेका छौँ’, समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गर्नुभयो।
कार्यक्रममा उपस्थित हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
