काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ ? यो अचम्मको कुरा हाम्रै नेपालको हो । नगर प्रमुख जेलबाट छुटेको खुशीयालीमा रौतहतको कटहरिया नगरपालिका क्षेत्रभित्र आइतबार सार्वजनिक बिदा दिइएको छ ।
मेयर सियाराम कुशवाहले आफू जेलबाट छुटेको खुशीयालीमा नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय लगायत बन्द गर्ने निर्णय गरेका हुन् ।
स्थानीय तहले पाउने अधिकारको दुरुपयोग गर्दै मेयरको लहडमा स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णयप्रति व्यापक आलोचना भएको छ । विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर कुशवाह अस्ति काठमाडौँको डिल्लीबजार कारागारबाट छुटेका थिए।
वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो । उनी शनिबार नेकपाका केन्द्रीय नेताहरु सहित हेलिकोप्टर चढेर गृह नगर फर्किएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
