निर्मला पन्तको हत्यारा पत्ता लगाउन राष्ट्रसंघ समक्ष आग्रह, संकलित हस्ताक्षर बुझाईयो

काठमाडौं । निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको ५ महिना बित्न लाग्दासमेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारवाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।

Advertisement

निर्मला पन्तलाई न्याय दिन अन्तराष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताएका छन् ।

गएको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै एक हप्तायता संकलन गरिएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।

More News last news
Loading...